सोमबार बिहानैदेखि तारा एयरको खोजी सुरु, तस्बिरहरु
सोमबार, १६ जेठ २०७९, ०६ : ५७

आइतबार बिहान सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुन: सुरु गरिएको नेपाली सेनाले जानकारी दिएको छ । पोखराबाट मुस्ताङका लागि उडेको सो विमान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।
सम्पर्कविहीन विमान नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरुले खोजीकार्य जारी राखेका छन् । खराब मौसमका कारण आइतबार दिनभर खोज्दा विमान भेटिएन । विमानको खोजीमा दुई वटा हेलिकप्टर प्रयोग गरिएको थियो । फिस्टेल एयर र नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले हवाई मार्गबाट खोजी गरेका थिए। खराब मौसमका कारण दुवै हेलिकप्टरलाई पूर्ण क्षमतामा परिचालन गर्न नसकिएको सुरक्षा अधिकारीहरू बताउँछन् । नेपाली सेनाका अनुसार मानापाथी हिमालको वरपर खोजी कार्य भइरहेको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा