त्रियुगामा काँग्रेसको पहिलो जित, भत्कियो एमालेको किल्ला
उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले विजयी भएको छ । काँग्रेसका बसन्त बस्नेत मेयरमा निर्वाचित भएका छन् ।
बस्नेतले निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउत दुई हजार ८६ मतान्तरले पराजित गरेका हुन् । बस्नेतले १३ हजार ९ सय ५९ मत ल्याउँदा राउतले ११ हजार ८ सय ७३ मत मात्र पाए । यस्तै नेकपा एकीकृत समाजवादीका उमेदवार निवर्तमान मेयर बलदेव चौधरीले ९ हजार १ सय ४७ मत प्राप्त गरे ।
२०५३ सालमा नगरपालिका बनेको त्रियुगामा काँग्रेस पहिलोपटक निर्वाचित भएको हो । यसअघि त्रियुगामा नेकपा एमालेले जित्दै आएको थियो । २०७४ को निर्वाचनमा पनि उमेदवार बलदेव चौधरीसँग बस्नेत ७२ मतान्तरले पराजित भएका थिए । ०७४ मा उपमेयर जितेको काँग्रेसले यसपटक भने गुमाएको छ । उपमेयरमा एमालेकी महेश्वरी राई विजयी भएकी छिन् । उनले काँग्रेसकी सरिता राई १ हजार ७ सय २२ मतान्तरले पराजित गरेकी हुन् ।
महेश्वरीले १३ हजार ७ सय ३ मत पाउँदा सरिता राईले ११ हजार ९ सय ८१ मत मात्र ल्याइन् । यस्तै माओवादी केन्द्रकी गीता खड्काले खड्काले ६ हजार ५ सय ६८ मत ल्याइन् । काँग्रेस र एमालेले एक्लै प्रतिस्पर्धामा थिए माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो । जसमा काँग्रेसले मेयरमा र एमालेले उपमेयरमा बाजी मारेको हो ।
त्रियुगामा काँग्रेसले ९, एमालेले ४ र माओवादीले ३ वडाध्यक्ष जितेको छ । एकीकृत समाजवादी भने त्रियुगामा निल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण