किमाथाङ्का–खाँदबारी सडकखण्ड पुनः सञ्चालनमा
सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला सडकखण्ड एक महिनापछि पुनः सञ्चालनमा आएको छ । उत्तर दक्षिण सडक खण्डअन्तर्गतको किमाथाङ्का–खाँदबारी सडक अन्तर्गतको मकालु गाउँपालिका–३ सम्माटारको सुक्खा पहिरो हटाएपछि भोटखोला जाने सडक पुनः सञ्चालन भएको हो ।
मकालु–३ सम्माटारको सुक्खा पहिरो हटाएपछि आइतबारदेखि सडक सञ्चालन भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए । सुक्खा पहिराले भोटखोला जाने सडक खण्ड एक महिनादेखि अवरुद्ध भएको थियो । पहिराले बन्द भएको सडक भोटखोला गाउँपालिकाको आग्रहमा स्वामी नारायण कन्स्ट्रक्शन निर्माण सेवा प्रालिले हटाएको हो । पहिरो हटाएपछि सोमबारदेखि यातायात सञ्चालन भएको छ ।
मकालु–३ सम्माटार सडक खण्डमा सुक्खा खस्दा भोटखोला जाने र आउने यात्रुले सास्ती पाएका थिए । सुक्खा पहिराका कारण बेलाबेला उक्त सडक खण्ड अवरुद्ध हुने गरेको छ । लामो समयसम्म बाटो अवरुद्ध हुँदा भोटखोलाका स्थानीयलाई आवतजावतमा समस्या परेको थियो । दैनिक उपभोग्य सामग्री भरियाले बोकेर भोटखोला पु¥याउनु पर्दा महँगी बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण