शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

त्रियुगा-१० को वडाअध्यक्षमा गोला प्रथाबाट एमालेका किरण निर्वाचित

सोमबार, १६ जेठ २०७९, २१ : ५८
सोमबार, १६ जेठ २०७९

उदयपुरको त्रियुगा नगरपालिकाको वडा नं. १०  मा वडा अध्यक्षको मत गणना रोचक बनेको छ । वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका उमेदवार प्रकाशकुमार खड्का र एमाले उमेदवार किरण पाण्डेको मत बराबरी भएपछि नतिजा रोचक बनेको हो ।

बराबरी मत आएपछि गोला प्रथामार्फत् एमालेका किरण पाण्डेले बाजी मारेका छन् । काँग्रेसका खड्का र  एमालेका पाण्डेले समान १०५३ मत ल्याएका थिए । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन गोला प्रथा गरिएको थियो । गोला प्रथाबाट वडाध्यक्षमा काँग्रेसको प्रकाशकुमार खड्का पराजित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप