सरकारी वनमा पार्क निर्माण गरिएको भन्दै विरोध
इलामको माई नगरपालिकामा सामुदायिक वन मासेर निजी स्तरबाट पार्क निर्माण गरिएकामा नेपाली काँग्रेस इलाम जिल्ला कार्यसमितिले आपत्ति जनाएको छ । उक्त कार्यसमितिले विज्ञप्ति जारी गर्दै सो आरोप लगाएको हो। माई नगरपालिका–२ र ८ मा अवस्थित ह्याप्पी ड्रिम्स द्वारा सञ्चालित चेप्टी फनपार्कले सरकारी जमिन हड्पेको समाचार विभिन्न सञ्चारमाध्यममा आएको छ ।
समाचारमा फनपार्क सञ्चालक, वनका कर्मचारी तथा राजनीति दलका प्रतिनिधिको मिलेमतोमा सो कार्य भएकोप्रति पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ । सरकारी वन अनधिकृत रुपमा मास्न र फँडानी गर्न नपाइने भए पनि वातावरणीय दृष्टिले अति संवेदनशील चुरे क्षेत्रमा यस्तो कार्य हुनु असामान्य भएको भन्दै तत्काल छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरिएको छ । काँग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगरप्रमुख खम्बसिंह लिम्बू, वन कार्यालयका तत्कालीन प्रमुख इन्द्रनारायण भण्डारी र पार्क सञ्चालक दिनेश शिवाकोटीउपर छानबिन हुनुपर्ने माग स्थानीयवासीले समेत गर्न थालेका छन् । साथै अन्य व्यक्तिहरुको समेत संलग्नता हुन सक्ने भएकाले यस घटनालाई सामान्य हिसाबले हेर्न नहुने बताइएको छ । सामुदायिक वनको ४५ रोपनी र करिब ३०० रोपनी ऐलानी जग्गा मासेर सो फनपार्क निर्माण भएको उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि स्थानीयवासीले उजुरी दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण