शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

केकेका लागि सङ्गीतकारले जब फेरिदिएका थिए गीतको बोल

बुधबार, १८ जेठ २०७९, ११ : ३०
बुधबार, १८ जेठ २०७९

‘हम रहें या ना रहें कल... याद आयेंगे ये पल.... पल ये हे प्यार के पल...

मित्रता होस् वा प्रेम, जीवनको दर्शनलाई समेट्ने यी गीतहरू कुनै समय सबैको मुखमा झुण्डिएको थियो ।

यारों दोस्ती बडी ही हसिन है...

सन् १९९९ मा ‘पल’ एल्बम गाएका यी गायकको नाम केके थियो । यस स्वरका मालिक कृष्णकुमार कुननाथले यसअघि हजारौं जिंगल गाइसकेका थिए तर उनले ‘याद आएंगे ये पल’ गीतबाट हज्जारौँ मानिसको मनमा स्थान बनाएका थिए । र उनले आफ्नो आध्यात्मिक स्वरलाई फरक स्तरमा लिएर गए जब बिरहलाई उनले आफनो गायकीमा ढाले र गाए – ‘तडप तडप के इस दिल से आह निकलती रही’...

र, यसरी केके फिल्म सङ्गीतको दुनियाँमा आए र प्रभुत्व जमाए । कहिले शाहरुखको रोमान्टिसिज्म ९आँखों मे तेरी अजब सी गजब सी अदाएँ हैं), कहिले मायामा परेका रणवीरको स्वर बनेर ९सजदे में यूँ ही झुकता हुँ, तुम पे आके रुकता हुँ) त कहिले मायाको अल्लारेपनलाई स्वर दिए (दस बहाने करके ले गई दिल) त कहिले मनको तडपाई बनेर (तडप–तडप के) ।

आफूभित्र एक गायकलाई समेटेका ५३ वर्षीय केकेको पहिचान अरु पनि थुप्रै थिए ( गायक, संगीतकार, खानाप्रेमी, प्रकृति प्रेमी, रोडी, घुमन्ते.. केकेले आफ्नो पहिचान यसरी वर्णन गर्थे । दिल्लीमा हुर्केका केकेलाई सानैदेखि सङ्गीतमा रुचि थियो र गीत पनि गाउने गर्थे । उनले कहिल्यै सङ्गीतको शिक्षा लिएनन् तर सुर–ताल कमालको थियो ।

उनको कोलकातामा मात्र ५३ वर्षको उमेरमा अचानक निधन भयो । उनी कोलकातामा कन्सर्टमा सहभागी हुन गएका थिए । त्यहाँ एक कलेजको समारोहमा उपस्थिति जनाउन गएका थिए । कार्यक्रमकै उनले आफू बिरामी भएको बताएका थिए । कार्यक्रमबाट होटल फर्कने बित्तिकै उनलाई एक नीजि अस्पताल लगियो । त्यहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए । उनको शव पोष्टमार्टमका लागि पठाइएको छ ।

अगस्ट २०१४ मा लण्डनमा भएको भेटमा गरिएको कुराकानीको सम्पादित अंश बीबीसीमा प्रकाशित भएको छ ।

गायक बन्ने निर्णय कहिले र कसरी गर्नुभयो ?

सानैदेखि गीत सङ्गीतको शौख थियो, पुरानो क्यासेट प्लेयरमा धेरै गीत सुन्थेँ । कलेजमा साथीभाइसँग मिलेर प्रस्तुति दिने गर्थें । तर जब बिहे हुन लागेको थियो, साथीले मार्केटिङको काममा लगाइदिए । तर काम गर्दागर्दै म यहाँ के गर्दैछु भनेर सोच्न थालेँ । यत्तिकै मुम्बई गएँ । मैले विज्ञापनहरूमा जिंगल गर्न थालेँ र हजारौं जिंगलहरू गाएँ ।

बलिउडको यात्रा कसरी सुरु भयो ?

विज्ञापनमा काम गर्दागर्दै फिल्म माचिमा गीत गाउने मौका पाएँ – छोड आए हम वो गलिँया । भन्नका लागि त दुईवटा लाइन मात्रै थिए तर विशाल भारद्वाजको फिल्म थियो । तर एआर रहमानले मौका दिए फिल्म सपने मा । तर टर्निङ पोइन्ट आयो सन् १९९९ मा ।

फिल्म ‘हम दिल दे चुके सनम’ का लागि इस्माइल दरबारले मलाई ‘तडप तडप के इस दिल के’ लागि गीत गाउन लगाए । साधारणतया यस्ता गीतका लागि सङ्गीतकारले कुनै वरिष्ठ गायकलाई नै लिने गर्छन् ।

तर इस्माइलले ममाथि विश्वास गरे र मैले पनि मनैले गाएँ । त्यो गीत असाध्यै हिट भयो । त्यसै वर्ष मेरो एल्बम पनि रिलिज भयो । यसको गीत ‘याद आएँगे वो पल’ लोकप्रिय भयो । आज पनि कलेजका कार्यक्रममा जाँदा यो गीत गाउने गछौँ ।’

गीतको शब्दलाई लिएर अहिले निकै बहस हुने गर्छ । बोलका कारण तपाईंले कुनै गीत गाउन नमान्नुभएको घटना कुनै छ ?

एक पटक नयाँ संगीतकारले मलाई एउटा गीत गाउन लगाए । मलाई अचानक लाग्यो कि यो कस्तो बोल हो । म गीत छोडेर हिँडे । त्यसपछि गीतको बोल फेरियो भनेर मलाई खबर आयो । सङ्गीतकारको पहिलो फिल्म थियो र निर्माता ठूला थिए, त्यसैले सङ्गीतकारले पनि नाइँ भन्न सकिरहेका थिएनन् । अब सायद मानिसलाई थाहा भइसकेको छ होला कि म यस्तो गीत गाउँदिनँ ।​
तपाईंका लागि राम्रो गायकको परिभाषा के हो ?

मेरो हिसाबमा राम्रो गायक त्यहि नै हो जसले कुनै पनि सङ्गीतकारको गीतलाई आफ्नो बनाएर गाउन सकून् । गीत रमाइलो होला तर तपाईंको मूड केही अर्कै हुनसक्छ... त्यसैले म एक दिनमा एउटा गीत मात्रै रेकडिङ गर्छु । जबसम्म गायकले आफ्नो गीत महसुस गर्न सक्दैन तबसम्म स्रोतालाई कसरी राम्रो लाग्छ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप