जिसस ललितपुरको प्रमुखमा काँग्रेस र उपप्रमुखमा माओवादी निर्विरोध निर्वाचित
पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको सोमबारको निर्देशनअनुसार ललितपुरमा जिल्ला समन्वय समिति गठनमा गठबन्धन दलहरूबीच तालमेल भएको छ । गठबन्धनमा रहेका दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच प्रमुख, उपप्रमुखदेखि विभिन्न ‘क्लस्टर’का सदस्य पदमा तालमेल भएको हो । सोहीअनुसार सबै पदमा उम्मेदवार दर्ता भएको छ ।
तालमेल गर्दा गठबन्धनका यी दुई दलको स्पष्ट बहुमत पुग्ने भएपछि नेकपा एमालेबाट कुनै पदमा उम्मेदवारी नै परेन । उम्मेदवारी नपरेपछि काँग्रेस जिल्ला कार्यसमिति ललितपुरका सहसचिवसमेत रहेका महाँकाल गाउँपालिका वडा नम्बर – ३ बाट सदस्य पदमा निर्वाचित भएका ऋषिदेव फुयाँल प्रमुमा निर्विरोध निर्वाचित भएका ।
उपप्रमुखमा माओवादी केन्द्रबाट बागमती गाउँपालिकाका रामलाल थिङ निर्वाचित भए । खुल्ला सदस्यमा काँग्रेसका दिनेश घोर्साइने, हरिहर कार्की र माओवादीका साधुराम श्रेष्ठ निर्वाचित भएका छन् ।
अल्पसंख्यकमा काँग्रेसकै सुबेरबहादुर पहरी, महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन, काँग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएको काँग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसीले जानकारी दिए । उनीहरू सबै निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई बिहीबार (आज) जिल्ला निर्वाचन कार्यालयले निर्वाचित भएको प्रमाण पत्र प्रदान र शपथ ग्रहण गराउने भएको छ । ३० वैशाखमा भएको निर्वाचनबाट चार वटा पालिकामा प्रमुख, तीन वटा पालिकामा उपप्रमुख र ७१ वडामध्ये ३८ वटा वडामा नेपाली काँग्रेसले जित हासिल गरेको थियो । सोही अनुसार काँग्रेसले तालमेलको क्रममा प्रमुख पद पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण