४० लाख मूल्य बराबरको अवैध सामानसहितको भारतीय ट्याक्टर नियन्त्रणमा
बिहीबार, १९ जेठ २०७९, १६ : ५३
प्रहरीले विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्याक्टर नियन्त्रणमा लिएको छ । मोरङ विराटनगर महानगरपालिका ४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिन पार्टस र कपडा लगायत छ । उक्त सामानको मूल्य ४० लाख बराबरको रहेको मोरङ प्रहरीले जनाएको छ ।
उक्त सामान अवैध तरिकाले राजस्व छलि गरी विराटनगरबाट इटहरीतर्फ लाने तयारी भएको थियो । ट्याक्टर चालक भारत अरेरिया जोगवनी १० टिकुलीका ३४ वर्षीय श्याम चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । चालकसहित ट्याक्टर र सामान आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण