जुम्ली किसानलाई कालीमार्सी धान रोपाइँ भ्याइनभ्याइ
जुम्लाका किसानलाई कालीमार्सी धान रोप्न भ्याइनभ्याइ भएको छ । असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो छ । जिल्लाका आठवटै स्थानीय तहमा धान खेती हुने गरेको छ । यतिबेला चन्दननाथ नगरपालिका तथा तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा जेठबाटै रोपाइँ सुरु भएको कृषि विकास कार्यालयका प्राविधिक सुकीराम नेपालीले जानकारी दिए । बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने गरेको छ ।
“सिँचाइ पुगेका ठाउँमा रोपाइँ गर्न सहज भएको छ,” उनले भने, “असारसम्म जिलाका सबै ठाउँमा रोपाइँ सकिन्छ ।” पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान त्यसतर्फ आकर्षित भएका छन् । जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको छ ।
समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा मार्सी धान फल्छ । यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरुभन्दा गिलो हुन्छ । काठमाडौँलगायत देशका विभिन्न सहरमा यसको माग अत्यधिक छ । यो धान चैतमा रोपेर कात्तिकमा काट्ने गरिन्छ । पातारासी गाउँपालिकास्थित छुमचौरमा पनि कालीमार्सी धान रोपाइँ सुरु भएको छ । त्यहाँ सुधारिएको कालीमार्सी धान रोपिएको हो । दुई हजार ८०० मिटर अग्लो स्थानमा रहेको सो स्थानमा आठ प्रकारका कालीमार्सी धान रोपिएको छ ।
कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान रोप्न थालिएको हो । चन्दननाथ मन्दिरको शेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाइँ सुरु भएको हो । कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले सो जिउलोमा २०० रोपनी जग्गामा धान रोपेको महताराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण