प्रादेशिक पत्रकारिता पुरस्कारबाट चार पत्रकार पुरस्कृत
शुक्रबार, २० जेठ २०७९, १८ : ५९
प्रदेश १ सरकारले स्थापना गरेको प्रादेशिक पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार सम्मान एवं पुरस्कृत भएका छन् । एक लाख रुपैयाँ राशिको पुरस्कारबाट उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा सुनसरी इटहरीका कृष्णविनोद लम्साल, धनकुटाका सञ्जय सन्तोषी राई, स्मीता निरौला र झापा बिर्तामोडका लिला बराल रहेका छन् । उनीहरुलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, यातायात तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेलगायतले दोसल्ला, माला लगाएर सम्मान गरे ।
प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा २५ वर्षदेखि क्रियाशील पत्रकारहरूलाई पुरस्कृत गरेको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सत्ता स्वार्थ नभएको पत्रकारिताले मात्र साँचो अर्थमा दबाब दिन सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण