विराटनगर कार्यपालिकामा पनि हार्यो काँग्रेस–जसपा गठबन्धन
विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ । यो गठबन्धनलाई हराउँदै एमाले र स्वतन्त्र उमेद्वारहरु कार्यपालिकामा निर्वाचित भएका छन् ।
काँग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा जसपासँग गठबन्धन गर्दा नगर परिषदमा बहुमतमा रहेको काँग्रेस निर्वाचनमा भने पराजित भएको छ । यसअघि कोइरालाकै क्षेत्रमा रहेको बुढीगंगा गाउँपालिकामा बहुमत हुँदाहुँदै काँग्रेस उमेद्वारहरु पराजित भएका थिए ।
महानगरको नगरपरिषदमा एमालेसँग उपमेयरसहित ४३ जना जनप्रतिनिधि हुँदा काँग्रेससँग मेयरसहित ४० जना थिए । जसपाका १० जना जनप्रतिनिधि हुँदा स्वतन्त्र ३ र राप्रपाका १ जना थिए । शनिबार भएको कार्यपालिका चुनावमा काँग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्र र राप्रपासँग गठबन्धन गर्दा पनि ४७ मत मात्रै थियो । तर, जसपा र काँग्रेसका केही जनप्रतिनिधिले एमाले उम्मेदवारलाई मत दिँदा काँग्रेस र जसपा कार्यपालिकामा निर्वाचित हुन विफल भएका हुन् । काँग्रेसका धेरै उम्मेदवारले आफ्नै दलका पनि सबैको मत नपाएको देखिएको छ ।
मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा अल्पसंख्यकमा एमालेका दिपककुमार कर्ण ५२ ,स्वतन्त्र ओमप्रकासकुमार साह ५५ र स्वतन्त्र सन्जिव साह ५२ मत ल्याएर विजयी भएका छन् । अल्पसंख्यकमा काँग्रेसका प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत मात्रै पाएर पराजित बने ।
महिलातर्फ सबै एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका सुन्तलीदेवी विश्वास ५५, कमला श्रेष्ठ ५५, ताराकुमारी राय ५३, सरिता घिमिरे नेपाल ५३, खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भएका छन् । काँग्रेसका पराजित उमेद्वारहरु अन्जु दाहाल गौतमले ४०, गायत्री थापा ३९ रुपा देउजा ४०, विनितासिंह ठकुरी ४० र सुर्यादेवी साहले ४० मत मात्रै पाएका थिए ।
विराटनगरमा गठबन्धनका उम्मेदवारलाई चुनावअघि मात्रै जसपा त्यागेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले सघाएका थिए । यादवकै पहलमा जसपाका धेरैले एमालेलाई मत दिएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण