चलचित्र संघको अध्यक्षमा श्रेष्ठ
आइतबार, २२ जेठ २०७९, १२ : ०५
नेपाल चलचित्र संघले नयाँ नेतृत्व पाएको छ । शनिबार राजधानीमा सम्पन्न संघको ४७ औं वार्षिक साधारणसभाले अध्यक्षमा वीरेन्द्रनारायण श्रेष्ठसहित नयाँ कार्यसमिति चयन गरेको हो ।
भेलाले कार्य समितिको उपाध्यक्षद्वयमा गोपालकाजी कायस्थ र कुबेर शर्मा र महासचिवमा नरेन्द्र महर्जन छानेको छ । सचिव लगायत बाँकी रहेको कार्यसमितिले पूर्णता भने सोमबारको बैठकले गर्ने उपाध्यक्ष गोपालकाजी कायस्थले बताए ।
अध्यक्षमा चयन भएका श्रेष्ठ नारायणगढको जलमा सिनेमा हलका सञ्चालक हुन् । उनले आगामी तीन वर्ष संघको नेतृत्व गर्नेछन् । चलचित्र संघ चलचित्र प्रदर्शकहरुको साँझ संगठन हो । यस अगाडि संघको अध्यक्षमा मधुसुदन प्रधान रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण