सकियो दयारामको कार्यकाल
चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली भएको छ । दयाराम दाहालको कार्यकाल शुक्रबारबाट सकिएसँगै उक्त पद खाली भएको हो । २०७७ जेठ २२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई दाहाललाई अध्यक्षमा नियुक्त गरेको थियो । दाहालको नियुक्ति हुँदै गर्दा उनको दुई वर्षे कार्यकालमा चलचित्र क्षेत्रले ठूलै फड्को मार्ने अपेक्षा गरिएको थियो । तर उनको कार्यकालमा चलचित्रको त्यो अपेक्षा पुरा हुन सकेन ।
करिब १६ महिना कोरोनाले प्रभावित बनाएको उनको कार्यकालमा स्टोरी बैंक, चलचित्रकर्मीलाई राहत, पाठ्यक्रम निर्माण, सातै प्रदेशमा छायाङ्कनस्थल पहिचान लगायत केही काम भने भए । उनी राष्ट्रिय अवार्ड वितरण गरेर विवादमा समेत परेका थिए ।
दयारामको कार्यकाल सकिएसँगै विकास बोर्ड अध्यक्ष बन्नका लागि नेपाली काँग्रेस निकट थुप्रै चलचित्रकर्मी दौडमा छन् । त्यसमा अभिनेता भुवन केसीदेखि निर्देशक सम्झना रौनियार उप्रेतीसम्म रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण