‘ड्रेस टु इम्प्रेस’मा १२२ डिजाइनरको स्पर्धा, ४ डिजाइनर उत्कृष्ट
डिजाइनरबीचको प्रतिस्पर्धामत्क र्याम्प शो ‘ड्रेस टु इम्प्रेस’ फेसन शोको पाँचौँ संस्करण शनिबार सम्पन्न भएको छ । विभिन्न ४ थिममा आयोजित शोमा ४ जना फेसन डिजाइनर उत्कृष्ट ठहरिएका छन् ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न ग्राण्ड प्रतियोगितामा १२२ जना डिजाइनरको प्रतिस्पर्धा रहेको थियो । जसमा ‘मेक्सी विथ फ्लोरल प्रिन्ट’ मा दीपा थापा मगर उत्कृष्ट भइन् भने ‘वेस्टर्न ब्राइडल ः ह्वाइट गाउन’ थिममा अलिशा विष्टको पहिरनले उत्कृष्ट डिजाइनर अवार्ड पायो । ‘एनिमी क्यारेक्टर’ थिममा मनिषमान श्रेष्ठ र ‘पेपर फोल्ड’ मा सुमित्रा लामा समेत उत्कृट ठहरिएका थिए । विजेता ४ जनाले आईआईएफटीको तर्फबाट नगद १५ हजार प्राप्त गरेका छन् भने युएफओको तर्फबाट १० हजार बराबरको सपिङ भौचर र कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बज्र ननिताज फिटनेश क्लवको तर्फबाट ३५ हजार बराबरको प्याकेज पाए ।

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ द्वारा आयोजित फेसन शोमा आईआईएफटीमै फेसन डिजाइनिङमा डिप्लोमा कोर्ष पूरा गरेका डिजाइनहरुले तयार पारेका पहिरन ‘ड्रेस टु इम्प्रेस–५’का लागि द हिडेन ट्रेजरका निर्देशक सर्वणबहादुर क्षेत्री, फेसन डिजाइनर युबी थापा, बुटिक एशोसिएसनका पूर्वअध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, फेसन डिजाइनर निभा श्रेष्ठ, फेसन कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, फेसन डिजाइनर महेश महर्जन, कृष्णराज तिम्सिनालगायत निर्णायक रहेका थिए ।

फेसन डिजाइनर बन्न चाहनेका लागि आईआईएफटीले डिप्लोमा र एड्भान्स कोर्ष दिँदै आएको छ । काठमाडौंको बागबजार र कमलादीको हेरिटेज प्जाजा तथा ललितपुरको कुमारीपाटी रहेको आईआईएफटीले सुरुदेखि नै आफ्ना विद्यार्थीका लागि ‘ड्रेस टु इम्प्रेस’ प्रतियोगितात्मक शो गर्दै आएको प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए । ‘फेसन डिजाइनिङका विद्यार्थीलाई प्रतियोगितामा उतार्दा उनीहरुमा डिजाइनिङबारे थप ज्ञान र अनुभवको विकास हुन्छ’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण