नेपाल बार एसोसिएसन उदयपुरको अध्यक्षमा निरौला
आइतबार, २२ जेठ २०७९, २२ : २७
नेपाल बार एसोसिएसन उदयपुर इकाईको १६ औँ अधिवेशन तथा २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्य समितिका पदाधिकारीहरू निर्विरोध चयन गरेको छ । उदयपुर बार इकाईको अध्यक्षमा मोहनकुमार निरौला निर्विरोध चयन गरेको हो ।
त्यसैगरी उपाध्यक्षमा भक्तबहादुर दनुवार, सचिवमा सुमित्रा कोइराला र कोषाध्यक्षमा दीपक बस्नेत चयन भएका छन् । सदस्यहरूमा दुर्गाकृष्ण पोखरेल, लक्ष्मीनारायण चौधरी, केदारबहादुर कटुवाल, कञ्चन श्रेष्ठ र कृष्णबहादुर खत्री चयन भएका हुन् ।
पार्षद् सदस्यमा कृष्णबहादुर बस्नेत, गणेशप्रसाद दाहाल र ब्रह्मदेव चौधरी चयन भएको छ । बार एसोसिएसनको सभा हलमा सम्पन्न वार्षिक साधारण सभा तथा अधिवेशनमा जिल्ला कार्यरत कानुन व्यवसायीहरूको उपस्थित रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण