मौसमको जानकारी दिइरहेका पत्रकारलाई जब तेज हावाले उडायो... (भिडियोसहित)
जब तपाईंलाई हाँस्न मन लाग्छ तब तपाईं कि त जोक पढ्नुहुन्छ वा कुराकानी गर्नुहुन्छ या त टेलिभिजन वा इन्टरनेटमा रमाइला प्रसंगको खोजी गर्नुहुन्छ । यस्तै सामग्रीको खोजीमा थुप्रै पटक पत्रकारका व्यवहारले पनि तपाईंलाई मनोरञ्जन प्रदान गरिरहेको हुन्छ । जसमा कहिले उनीहरु केही भन्दा भन्दै अड्किन्छन् भने कहिलेकाँही गलत बोल्ने गर्दछन् । तर कहिलेकाँही केही घटना अनायासै हुने गर्दछन् । शुक्रबार बिहान आयरल्याण्डको लाइभ टेलिभिजनमा मौसमबारे जानकारी दिइरहेका ब्रोडकास्टर स्पिकर डेरिक हार्टिगनसँग पनि यस्तै भएको छ ।
हावाले उडायो डेरिकलाईः
डेरिकले मौसम सम्बन्धि जानकारी दिने क्रममा हावाबारे जानकारी दिइरहेका बेला अचानक तेज हावा चल्यो र डेरिक दोस्रोतर्फ हानिए । हावाका कारण उनको छातालाई अर्कोतर्फ फर्कियो र उनलाई क्यामराको नजरभन्दा टाढा लगिदियो ।
स्टूडियोमा पनि निकै हाँसे मानिसहरुः
उनको अवस्था देखेर स्टुडियोमा बसेका मानिसहरु पनि निकै हाँस्न थाले । वेदर ब्रोडकास्टका प्रतिनिधी डेसमन्ड र मार्क क्यागनीले हाँसो रोक्न सकेनन् ।
भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण