बधाई खाइरहे, शपथ खान पाएनन्
सोमबार मन्त्री पदका लागि शपथ खान ठिकठाक भएर बसेका मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, हिरा केसीलगायतका नेताहरू शपथ खान नपाएपछि जिल्ल परेका थिए । उनीहरूले आइतबारदेखि नै सोमबार आफूहरूले मन्त्रीको शपथ खाने निर्णय भएको भन्दै त्यसका लागि तयार रहेको बताउँदै आएका थिए । सोमबार बिहानैदेखि उनीहरू प्रधानमन्त्री कार्यालयबाट मन्त्री पदको शपथ खुवाउन आउने जानकारीको प्रतीक्षामा थिए, दौरा सुरुवाल कोटसमेत तयार पारिएको थियो तर दिउँसोसम्म पनि कुनै खबर नआएपछि उनीहरूको मनमा चिसो पसेको थियो।
मन्त्रीको शपथका लागि तम्तयार रहेका जीवनराम श्रेष्ठले प्राविधिक कारणले शपथ रोकिएको बताए । 'प्राविधिक कारणले मन्त्रीको शपथ रोकिएको हो । चाँडै शपथग्रहण होला भन्ने अपेक्षा गरेका छौँ,' श्रेष्ठले भने । मन्त्रीमा सिफारिस भएका अर्का नेता शेरबहादुर कँवरले भने शपथग्रहणको प्रतीक्षामा रहेको र अहिले किन रोकियो भन्ने कारण आफूले थाहा नपाएको बताए। आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ : पूर्वगभर्नर नेपाल
-
दैलेख पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
-
प्रलोपाले भन्यो– सरकार अधिनायकवादतर्फ उन्मुख
-
मौद्रिक नीति कसिलो बनाउनुपर्ने कुनै कारण छैन : पूर्वगभर्नर अधिकारी
-
प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
-
विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण