विद्युत प्राधिकरणका मिटर रिडर कर्मचारीहरूद्वारा आन्दोलनको चेतावनी
नेपाल विद्युत प्राधिकरण मिटर रिडर संघर्ष समितिले प्राधिकरण कार्यालयबाट अपमानपूर्ण व्यवहार भएको भन्दै आन्दोलनको चेतावनी दिएको छ ।
नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालयलाई संघर्ष समितिका अध्यक्ष रामनाथ महतो र सचिव सुरेन्द्र अरगरियाले संयुक्त रुपमा ध्यानाकर्षण पत्र लेख्दै लामो समयदेखि प्राधिकरणले मिटर रिडरमाथि विभेद गर्दै सेवासुविधाबाट वञ्चित गरेको आरोप लगाएका छन् ।
सात दिनभित्र माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । लामो समयदेखि कार्यरत रहेर विद्युत प्राधिकरणको हरेक कामकाजमा उत्साहपूर्ण र सक्रिय सहभागी भए पनि मिटर रिडरलाई बेवास्ता गर्दै आएको उनीहरुको भनाइ छ ।
ध्यानाकर्षण पत्रमा विगत १५ वर्षदेखि विद्युत प्राधिकरणमा कार्य गर्दै आए पनि प्राविधिकरुपमा पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित गरेको उल्लेख छ । ‘हामी मिटर रिडरलाई विभेद गरी गोटे ठेक्काका मान्छे हुन् भनि दुस्प्रचार गरियो । हामीले यस प्राधिकरणमा गरेको योगदान र श्रमको खिल्ली उडाइयो, कुनै मूल्यांकन समेत भएन,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।
पटकपटक आफ्ना मागबारे ध्यानाकर्षण गर्दा पनि सम्बन्धित निकायले समाधानका लागि चासो नदेखाएकाले सात दिनभित्र माग सम्बोधन गर्न उनीहरुले अल्टिमेटम दिएका छन् । माग पूरा नभए आगामी असार १ गतेबाट चरणबद्धरुपमा आन्दोलनको कार्यक्रम अघि बढाइने उनीहरुको चेतावनी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण