बुढीगण्डकी अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने
लामो समयदेखि विभिन्न बहानामा अलपत्र पर्दै आएको बुढीगण्डकी जलविद्युत् आयोजना अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने भएको छ। १२ सय मेगावाट क्षमताको जलायशयुक्त यो आयोजना कम्पनी मोडलमा स्वदेशी लगानीमा बनाउने प्रस्ताव तयार गरिएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ढाँचाअनुसार यो आयोजना निर्माण गर्न 'बुढीगण्डकी जलविद्युत् विद्युत् विकास कम्पनी लिमिटेड' नामक कम्पनी खोलिनेछ। मन्त्रालयले यो कम्पनीका लागि प्रबन्धपत्र तयार पारेर वित्तीय र कानुनी राय सुझाव लिन अर्थ र कानुन मन्त्रालयसमक्ष पेस गरेको छ।
गत चैत २४ मा बसेको मन्त्रिपरिषद् बैंठकले बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनी लिमिटेड (सिजिजिसी) बाट खोसेर स्वदेशी लगानीमा बनाउने निर्णय गरेको थियो । आव २०७९/८० को बजेटमा पनि यो आयोजना आन्तरिक स्रोतबाट निर्माण गर्ने उल्लेख छ। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ : पूर्वगभर्नर नेपाल
-
दैलेख पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
-
प्रलोपाले भन्यो– सरकार अधिनायकवादतर्फ उन्मुख
-
मौद्रिक नीति कसिलो बनाउनुपर्ने कुनै कारण छैन : पूर्वगभर्नर अधिकारी
-
प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
-
विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण