३५ लाख लुट प्रकरण : प्रहरी सहायक हवल्दारसहित थप दुईजना पक्राउ
काठमाडौं महानगरपालिका–२६ लैनचौर स्थित व्याडमिन्टन कोर्टबाट ३५ लाख लुटेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको संगित विद्यालयमा कार्यरत सहायक हवल्दार किशोर लुईटेल र दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुर घर भएका सुदन नेपाली उर्फ अशोक छन् ।
२५ वर्षका सुदन नेपालीलाई जिल्ला प्रहरी कार्यालय दाङको सहयोगमा भालुवाङबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । सिन्धुली घर भएका सहायक हवल्दार लुँइटेलले आत्मसमर्पण गरेका हुन् ।
प्रहरी सहितको समुहले लैनचौरको व्याडमिन्ट कोर्टस्थित खाजा घरमा सस्तोमा सुन किन्न भनेर व्यापारीलाई बोलाएर ३५ लाख लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । जेठ ८ मा भएको सो लुटमा संलग्न रहेको आरोपमा अहिलेसम्म ४ जना पक्राउ परेका छन् ।
वैशाख १८ मा जिल्ला प्रहरी परिसर काठमाडौंले नुवाकोटको दुप्चेश्वर घर भएका २५ वर्षीय पेम्बा तामाङ र दाङको बंगलाचुली घर भएका ३४ वर्षीय सालिकराम नेपालीलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका सालिकराम नेपाली प्रहरी हवल्दार हुन् । उनि प्रहरी वृत मालिगाउँमा कार्यरत छन् । लुटमा मानव बेचविखन व्यूरोमा कार्यरत प्रहरी पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । तर, जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरीको पहिचान खुलाउन अस्विकार गर्दै आएको छ । आरोपीहरुमाथी डाँकाचोरी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


