रकुम झडपमा पाँच घाइते
रुकुम - सिस्ने गाउँपालिका–५ मा नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र०का कार्यकर्ताबीच गए राति भएको झडपमा पाँच जना घाइते भएका छन् ।
झडपका क्रममा काँग्रेसका दुई र माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । माओवादी केन्द्रका कार्यकर्ता कोठामा बसिरहेका अवस्थामा काँग्रेसका कार्यकर्ता गएपछि झडप भएको माओवादी सिस्ने गाउँपालिकाले जिकिर गरेको छ । काँग्रेसले भने आफ्ना कार्यकर्ता बाटामा हिँडिरहेको अवस्थामा वाइसिएलले आक्रमण गरेको बताएको छ ।
झडपका क्रममा काँग्रेसका टोपबहादुर शाही र रेशम बुढाथोकी तथा माओवादी केन्द्रका श्रीकुमार बुढाथोकी, गोरबहादुर थापा र केशव थापा घाइते भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये काँग्रेसका रेशमलाई जिल्ला अस्पतालमा सामान्य उपाचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने अरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण