शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जिल्ला समन्वय समिति ओखलढुंगामा काँग्रेसको मात्रै उम्मेदवारी

आइतबार, २९ जेठ २०७९, २० : ०७
आइतबार, २९ जेठ २०७९

जिल्ला समन्वय समिति ओखलढुंगाको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारले मात्रै मनोनयन दर्ता गराएका छन् । जिल्लामा काँग्रेसको बहुमत देखिएपछि काँग्रेसबाहेक अन्य दलले मनोनयन दर्ता नगराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काँग्रेसको मात्र उम्मेदवारी परेपछि जिल्ला समन्वय समितिमा काँग्रेसको प्यानल निर्विरोध निर्वाचित हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको मिति तय गरेकाले भोलि नै निर्वाचित घोषणा गर्दैछ । ९ सदस्यीय पदका लागि प्रमुखमा डिल्लीराम खनाल र उपप्रमुखमा तारादेवी कार्की मनोनयन परेको छ भने खुला सदस्य पदमा गोपालमान थापा, बद्रीविक्रम कार्की र भीमकुमार गौतमले मनोनयन दर्ता गराएका छन् ।

महिला सदस्यमा भीमकुमारी कामी, भीमकुमारी कटुवाल (खत्री) र मैया सुनुवार रहेका भने दलित वा अल्पसंख्यक पदमा राजाबाबु किराँतीको मात्र मनोनयन परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप