शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

कर्णालीका उत्कृष्ट दुई उद्यमी पुरस्कृत

आइतबार, २९ जेठ २०७९, २१ : २४
आइतबार, २९ जेठ २०७९

कर्णाली प्रदेश सरकारले प्रदेशका उत्कृष्ट दुई उद्यमीलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सबैभन्दा राम्रो काम गर्ने उद्यमीलाई र जिल्लास्तरीय उत्कृष्ट उद्यमीलाई सम्मान गरेको हो । प्रदेश स्तरमै उत्कृष्ट उद्यमीलाई दुई लाख र सुर्खेत जिल्लाभरि राम्रो काम गर्ने उद्यमीलाई एक लाख नगदसहित सम्मान गरिएको हो । 

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आज आयोजना गरेको सम्मान कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा कार्चेनले उत्कृष्ट उद्यमीलाई पुरस्कार वितरण गरे । सम्मानित हुनेमा  प्रदेश स्तरीयमा कुशे गाउँपालिका–८ जलजला नेपाली हाते कागज उद्योगका  सञ्चालक मानबहादुर थापाले सम्मानपत्रसहित दुई लाख नगद प्राप्त गर्न सफल भएका छन् । 

त्यसैगरी जिल्लास्तरीय उद्यमीमध्ये सुर्खेतबाट गोलोवल च्याउ तथा कृषि उद्योगका सञ्चालक वसन्तीकुमारी अधिकारीलाई सम्मानपत्रसहित एक लाख नगद प्रदान गरिएको छ । उत्कृष्ट उद्यमी सम्मान कार्यक्रममा मन्त्री लामाले कर्णालीका उद्यमीहरूलाई तालिमसहितको आवश्यक सामान दिने बताए । जसले तालिम लिन्छ उसैले आवश्यक सामान पाउनुपर्ने उनको भनाइ छ । आउँदो बजेटमा उद्यमीमैत्री कार्यक्रम र सहुलियतमा ऋणको व्यवस्था गरिने लामाको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप