सुनसरीमा सवारी दुर्घटना, १ जनाको मृत्यु, ६ जना घाइते
आइतबार, २९ जेठ २०७९, २१ : ४९
सुनसरीको कोसी गाउँपालिका–५ मा आज सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा कोसी–७ का पैदलयात्री १८ वर्षीय श्रवणकुमार मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
को २ च ३९९२ नम्बरको जिपले पैदल हिँडिरहेका मेहतालाई ठक्कर दिई मेहता गम्भीर घाइते भएको र जिप अनियन्त्रित भई सडक छेउको रुखमा गएर ठोकिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएका मेहताको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका जिप चालकसहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण