शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गौरादहमा ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

सोमबार, ३० जेठ २०७९, २२ : ०२
सोमबार, ३० जेठ २०७९

झापाको गौरादहमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गौरादह–१ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१त ७४३१ नंको ट्र्याक्टरले स्थानीय ९ वर्षीय गौरव अधिकारीलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ठक्कर दिने सवारी चालक झापाको कमल गाउँपालिका–१ का २६ वर्षीय विनोद चौधरीलाई गौरादह प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप