खोटाङ जिसस प्रमुखमा गठबन्धनका राई विजयी
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई जिल्ला समन्वय समिति खोटाङको प्रमुखमा निर्वाचित भएका छन् । जसपाका केन्द्रीय सदस्य राई जिल्ला समन्वय समितिको सोमबार सम्पन्न निर्वाचनबाट गठबन्धनकातर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन् ।
जिसस उपप्रमुखमा गठबन्धनकैतर्फबाट माओवादी केन्द्रका सुरेश तामाङ निर्वाचित भएका छन् । नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यलाई निवर्तमान प्रमुख बबी चाम्लिङले स्वागत गर्दै पदभार ग्रहण गराएका छन् । चुनावी भागवण्डाकै क्रममा गठबन्धनभित्र जिसस प्रमुख जसपालाई दिने सहमती भएको थियो ।
साकेला गाउँपालिका–२ रतन्छा निवासी प्रमुख राई २०६४ र २०७० सालको संविधानसभा सदस्यमा पनि उठेका थिए । उनी २०५४ सालमा एमालेबाट तत्कालिन गाविस अध्यक्ष निर्वाचित भएका थिए । जिल्ला समन्वय समितिको खुला सदस्यमा गठबन्धनबाट काँग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ राई, महिला सदस्यमा कांग्रेसका कला राई, माओवादी केन्द्रकी विष्णुमायाँ राई र नेकपा एकीकृत समाजवादीका दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली बिश्वकर्मा विजयी भएका छन् ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट जिल्लाका १० स्थानीय तहमध्ये गठबन्धनबाट १६ प्रमुख र उपप्रमुख तथा एमालेले ४ प्रमुख र उपप्रमुख जितेको थियो । एमालेले जिसस प्रमुखमा किशोरकुमार श्रेष्ठ र उपप्रमुखमा बिजय राईलाई उम्मेदवार उठाएको थियो । एमालेले सदस्यमा भने मनोनयन दर्ता गराएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण