कृषि मन्त्रीलाई सांसदको प्रश्न, -'बालि नष्ट गर्ने बाँदर कुन महिनाबाट नियन्त्रण हुन्छ ?'
मङ्गलबार, ३१ जेठ २०७९, १३ : ०२
प्रतिनिधिसभाका सांसद खेमप्रसाद लोहनीले कृषि तथा पशुपन्छी मन्त्री महेन्द्र राय यादवलाई कृषि बालि नष्ट गर्ने बाँदर कुन महिनाबाट नियन्त्रणमा आउँछन् भनेर प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधिसभामा जारी विनियोजन बजेटमाथिको छलफलमा मन्त्रीको जवाफमाथि थप टिप्पणी गर्दै सांसद लोहनीले भने, ‘म कृषिमन्त्री ज्यूलाई प्रश्न गर्न चाहन्छु, कृषि बालि नष्ट गर्ने बाँदरहरु कुन महिनाबाट नियन्त्रणमा आउँछन् ? र कृषकहरु जोगिन्छन् बाँदरबाट ।’
सोही अवसरमा सांसद लोहनीले कृषकहरुले कुन महिनाबाट कृषक पेन्सन पाउछन् ? भन्ने प्रश्न समेत राखेका छन् । यस्तै, उनले मलको सुनिश्चितासँगै नेपालमै मल खाद उत्पादन कारखाना कहिले बन्ने प्रश्न समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण