सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कृषि मन्त्रीलाई सांसदको प्रश्न, -'बालि नष्ट गर्ने बाँदर कुन महिनाबाट नियन्त्रण हुन्छ ?'

मङ्गलबार, ३१ जेठ २०७९, १३ : ०२
मङ्गलबार, ३१ जेठ २०७९

प्रतिनिधिसभाका सांसद खेमप्रसाद लोहनीले कृषि तथा पशुपन्छी मन्त्री महेन्द्र राय यादवलाई कृषि बालि नष्ट गर्ने बाँदर कुन महिनाबाट नियन्त्रणमा आउँछन् भनेर प्रश्न गरेका छन् । 

मंगलबार प्रतिनिधिसभामा जारी विनियोजन बजेटमाथिको छलफलमा मन्त्रीको जवाफमाथि थप टिप्पणी गर्दै सांसद लोहनीले भने, ‘म कृषिमन्त्री ज्यूलाई प्रश्न गर्न चाहन्छु, कृषि बालि नष्ट गर्ने बाँदरहरु कुन महिनाबाट नियन्त्रणमा आउँछन् ? र कृषकहरु जोगिन्छन् बाँदरबाट ।’ 

सोही अवसरमा सांसद लोहनीले कृषकहरुले कुन महिनाबाट कृषक पेन्सन पाउछन् ? भन्ने प्रश्न समेत राखेका छन् । यस्तै, उनले मलको सुनिश्चितासँगै नेपालमै मल खाद उत्पादन कारखाना कहिले बन्ने प्रश्न समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप