जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, दुई जना बिरामी
बुधबार, ०१ असार २०७९, १२ : १२
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-७ फूलबारी टोल बस्ने ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढक कुमारी विष्टको जंगली च्याउ खाँदा मृत्यु भएको छ भने अन्य दुई जना बिरामी भएका छन् ।
आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया विष्ट, ढक कुमारी समेत एकै परिवारका ४ जना जेठ २८ गते बिरामी भई उपचारको लागि मिसन अस्पताल ओखलढुङ्गा पठाइएकोमा उपचारको क्रममा ढक कुमारीको सोही अस्पतालमा र मनमाया विष्टको काठमाडौँ शिक्षण अस्पतालमा मृत्यु भएको हो । अन्य २ जनाको काठमाडौँ शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण