एमसीसी पारित गर्नुको प्रभाव देखिँदैछ– लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरेपछिको प्रभाव देखिन थालेको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले एमसीसी पारित गरेपछिका प्रभाव देखिन थालेको बताएका हुन् ।
सरकारले तत्कालिन समयमा बहुमतको आडमा जबरजस्ती एमसीसी अनुमोदन गरेको स्मरण गर्दै लिङ्देनले त्यसपछिको प्रभाव देखिन सुरू गरेको बताए । ‘एमसीसीले नेपालमा केही किलोमिटर सडकलाई कालोपत्रे गर्ने र प्रसारणलाइन निर्माणको योजना मात्र ल्याउँदै छैन भन्ने जनमानसको आशंका थियो,’ लिङ्देनले भने, ‘सडक कालोपत्रे र प्रसारण लाइनसँगै अरु धेरै चिज एमसीसीले ल्याउने रहेछ ।’
एमसीसीपछि अहिले एसपीपी आएको र यसपछि पनि अन्य सम्झौता आउन सक्ने शंका गर्दै लिङ्देन भन्छन्, ‘विगतका गल्तीहरू सरकारले किन लगातार दोहोर्याइरहेको छ ।’ देशमा कुनै पनि संकट आउन नदिने गरी सरकार बस्नुपर्नेमा विवादास्पद र अफ्ठ्यारो पार्ने गरी किन अघि बढ्छ भन्दै लिङ्देनले सरकारलाई प्रश्न समेत गरे । यस प्रकारको काम अविलम्ब रोकेर असंलग्न परराष्ट्र नीतिमा असन्तुलन पैदा हुने गतिविधि तत्काल रोकिनुपर्ने लिङ्देनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण