कृषि क्षेत्रमा २ अर्ब ५९ करोड बजेट, दूधमा प्रतिलिटर २ रुपैयाँ अनुदान दिइने
प्रदेश १ सरकारले कृषि क्षेत्रका लागि २ अर्ब ५९ करोड २३ लाख बजेट विनियोजन गरेको छ । प्रदेश १ प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले ‘कृषि क्षेत्रको रुपान्तरण, व्यवसायीकरण र विविधीकरण’ मूल नाराका साथ कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।
बजेट प्रस्तुत गर्ने क्रममा उनले प्रदेशको १० वर्षे कृषि रणनीति तर्जुमा गरिने उल्लेख गरे । यस्तै खाद्यान्न उत्पादनको उत्पादकत्व वृद्धि गर्न धान, मकै, दलहन र रैथाने बाली उत्पादन कार्यक्रम सञ्चालनका लागि लागि १३ करोड, प्राङ्गारिक मल उत्पादन गर्न ३ करोड, प्राङ्गारिक मल प्रयोग प्रोत्साहनका लागि १ करोड रकम विनियोजन गरेको उल्लेख गरे ।
यस्तै बाली र पशुपक्षी बीमाका लागि प्रोत्साहन गर्न ३ करोड, कृषि क्षेत्रको विकासका लागि किसानलाई ब्याज अनुदानका लागि ९ करोड रकम विनियोजन भएको छ । बजेट भाषण गर्दै उनले सरकारी, निजी र सहकारी, कृषिमा साझेदारी कार्यक्रम लागू गर्ने र एक पालिका एक उत्पादन नमुना कार्यक्रम सञ्चालनका लागि १३ करोड बजेट विनियोजन गरेको बताए ।
उनले बालीको बिमा कार्यक्रमलाई अभियानको रूपमा लागू गरिने बताउँदै पशु नस्ल सुधारका लागि कृत्रिम नस्ल सुधार, पशुपक्षी महामारी नियन्त्रणका लागि खोपको प्रबन्ध, खोरेत मुक्त गर्न खोपको अभियान चलाउने पनि उल्लेख गरेका छन् । मासु प्रशोधन उद्योग स्थापना गर्ने लक्ष्य लिएको प्रदेश सरकारले चिया, अदुवा, अलैँची, सुपारी, रुद्राक्षको बजार प्रबद्र्धन गर्न ५ करोड बजेट विनियोजन गरेको छ ।
यस्तै प्रदेश सरकारले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने भएको छ भने उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम लागू गर्न १२ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै एकीकृत बजारीकरण मोडल अनुसार नमुना कार्यक्रम सञ्चालन गर्ने र स्वरोजगार हुन चाहने युवाका लागि तरकारी, च्याउ, मह उत्पादनका लागि प्रोत्साहन गरिने आङ्बोले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण