प्रदेश १ बजेट : सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट
प्रदेश १ सरकारले सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ । प्रदेश १ प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको ६६ वटा प्रादेशिक लोक मार्गलाई प्राथमिकता दिँदै पूर्वाधारमा सो रकम छुट्ट्याएका हुन् । आङ्बोले प्रादेशिक लोक मार्गका लागि मात्रै ५ अर्ब रकम विनियोजन गरेका छन् । बजेट वक्तव्यका क्रममा आङ्बोले १५ वटा महत्वपूर्ण राजमार्गलाई प्रदेशस्तरमा स्तरोन्नति गरिने उल्लेख गरे ।
यस्तै हिमाली तथा पहाडी क्षेत्रमा नदीमा १ सय वटा पुल निर्माण गर्न २० करोड, ग्रामीण पहुँच सुधार कार्यक्रमका लागि १० करोड, विभिन्न नदीमा १० वटा बेलिब्रिज सञ्चालनका लागि ८ करोड रकम विनियोजन गरेको उल्लेख गरे । यस्तै विराटनगर, इटहरी र धरानलाई आधुनिक शहर निर्माण गर्न वृहत गुरुयोजना तयार गरी निर्माण कार्य आरम्भ गरिने, इटहरीको टेंग्रा खोलालाई बुढी खोलामा मिसाउने अध्ययन गरिने, विराटनगरको केशलिया र सिंघीय खोलाको किनारलाई सौन्दर्यकरण गरिने, विराटनगरको ढल निकासको लागि सम्भाव्यता अध्ययन गरिने, जनता आवास कार्यक्रम अनुसार प्रदेश १ मा २ हजार ४ सय घर निर्माण गर्न २५ करोड रकम विनियोजन गरिएको छ ।
यस्तै आङ्बोले प्रदेश १ मा इन्जिनियरिङ प्रशिक्षण केन्द्र निर्माण गरिने उल्लेख गरेका छन् । यस्तै नयाँ प्रविधिमा आधारित सगरमाथा द्रुत मार्गको सम्भाव्यता अध्ययन गर्ने र पूर्वाधार निर्माणमा गुणस्तर कायम गर्न २ वटा परीक्षण प्रयोगशाला सञ्चालन गरिने भएको छ । आङ्बोले प्रदेशसभा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत ९० करोड बजेट विनियोजन गरेको उल्लेख गरे ।
चालू आर्थिक वर्षका लागि भने प्रदेश सरकारले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका लागि १३ अर्ब २१ करोड बजेट विनियोजन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण