प्रदेश १ बजेट : खानेपानी, सिञ्चाई तथा उर्जाका लागि ६ अर्ब २ करोड
प्रदेश १ सरकारले सिञ्चाई, नदी, व्यवस्थापन तथा खानेपानी र उर्जाका लागि ६ अर्ब २ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश १ प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रादेशिक खानेपानी क्षेत्र विकास कार्यक्रम अन्तर्गत स्थानीय तह, प्रदेश सरकारको साझेदारीमा सहलगानी खानेपानी आयोजना सुरु गरिने उल्लेख गरे ।
यस्तै सबै जिल्लाका स्थानीय तहमार्फत पूर्ण सरसफाइ कार्यक्रम लागू गरिने, प्रत्येक नागरिकलाई खानेपानी सेवा उपलब्ध गराउन एक घर एक धारा लागू गरिने र त्यसका लागि १ अर्ब ४ करोड विनियोजन गरेको उनले बताए ।
सौर्य उर्जा सिंचाई कार्यक्रम लागू गरिने उल्लेख गर्दै आङ्बोले कन्काई, चन्दा मोहना लगायतको संरचनाको मर्मत सम्भार गरी वर्षैभरी सञ्चालन गर्ने वातावरण निर्माण गर्ने, झापा, मोरङ, सुनसरीका कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन प्रदेश गौरवको आयोजनाको रुपमा नयाँ र ठूला सिञ्चाई आयोजनाको सम्भाव्यता अध्ययन गरिने पनि उल्लेख गरे ।
संघ, प्रदेश र स्थानीय तह तथा साझेदार संस्थाबाट लगानी हुने गरी मध्य पहाडी जिल्लाका ६० स्थानीय तहमा १ हजार रोपनी क्षेत्रफलमा सिंचाई पुग्ने गरी कार्यक्रम लागू गर्ने र जसबाट ९ हजार ५ सय हेक्टर जमिनमा सिंचाई पुर्याउने अपेक्षा सरकारको छ । जसका लागि सरकारले ३४ करोड बजेट छुट्ट्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण