प्रदेश १ बजेट प्रतिक्रिया : आधारहीन र तथ्यहीन बजेट आएको एमालेको आरोप
प्रदेश १ सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्रीले आज प्रदेशसभामा प्रस्तुत गरेको बजेट हावादारी भएको एमालेले प्रतिक्रिया दिएको छ । एमालेका प्रदेशसभा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यले आधार र तत्यबिना ल्याइएको हावादारी बजेट भएको आरोप लगाए ।
आङ्बोले आगामि आर्थिक वर्षको लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेका थिए । बजेट वक्तव्यपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आचार्यले राजस्व संकलनको कुनै योजना नआएको, महत्वपूर्ण आयोजनामा बजेट कम हालेको र कार्यकर्ता पोस्ने खालको बजेट भएको आरोप लगाए ।
‘राजस्व संकलन गर्ने कुनै नयाँ योजना पनि ल्याउनुभएको छैन,’ आचार्यले भने, ‘कुनै तयारी बेगर हचुवाका भरमा ल्याएको बजेटले केही पनि परिवर्तन हुँदैन ।’ उनले बजेटले लक्ष्य लिन पनि नसकेको बताए । ‘न लक्ष्य अनुसारको राजस्व संकलन हुन्छ, न त उहाँहरूले बजेट नै खर्च गर्न सक्नुहुन्छ । कार्यकर्ता पाल्नका लागि मात्रै अहिलेको सरकारले बजेट ल्याइएको छ,’ उनले भने, ‘कुनै पनि ठूला योजना छैनन् । सबै टुक्रे योजना मात्रै छन् । महत्वपूर्ण योजनामा कम बजेट छुट्याएर चुनाव लक्षित बजेट ल्याइएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण