खाँदबारीको सागममा पहिराले एक घर पुरियो
सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ सागममा पहिराले एक घर पुरिएको छ । लगातार वर्षासँगै आएको पहिराले गएराति खाँदबारी–६ सागममा स्थानीय पर्वत राईको घर पुरिएको वडाध्यक्ष अर्जुन तामाङले जानकारी दिए ।
गएराति साढे ८ बजे घर माथिबाट आएको पहिराले राईको घर पुरिएको हो ।
मानवीय क्षति भने नभएको वडाध्यक्ष तामाङले बताए । राईको परिवारले भागेर ज्यान जोगाएका छ । पहिरोबाट राईको परिवार विस्थापित भएको छ । राईको परिवार छिमेकीकामा आश्रय लिएर बसेको छ । पहिरोबाट लप्सेका आधा दर्जन घर जोखिममा परेको वडाध्यक्ष तामाङले बताए ।
पहिराले बर्खे कल्छे, माल्टा, पाङ्ठालगायतका स्थानमा लगाइएको बर्खे धानबालीसमेत पुरिएको छ । पहिरोले खाँदबारी –६ कल्छेबेँशीका रवीन राईको १५ रोपनी खेत र छ माछा पोखरी पुरिएको छ । पहिराले देवेन्द्र घिमिरेको १५ रोपनी र प्रकाश पोख्रेलको १५ रोपनी धान खेत पुरिएको छ । त्यस्तै चन्द्रकुमार मगरको दुई रोपनी धान खेत र माछा पोखरी तथा सचिन राई र पदम मगरको तीन रोपनी खेत पुरिएको छ ।
पहिरोले लाखौ रुपैयाँ बराबरको क्षति भएका वडाध्यक्ष तामाङले बताए । क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण