जिल्ला समन्वय समिति झापामा एमालेको एकल उम्मेदवारी
मङ्गलबार, ०७ असार २०७९, १९ : ०७
जिल्ला समन्वय समिति झापाको समितिमा नेकपा एमालेको एकल उम्मेदवारी परेको छ । जिल्ला समन्वय समितिको प्रमुखमा विश्व वराल, उपप्रमुखमा शान्ता रोक्का र सदस्यहरूमा देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोस सोरेन, जलाल अलि, कपिल काफ्ले र रिता नेपालीको उम्मेदवारी परेको हो ।
जिसस गठनका लागि आज मनोनयन दर्ता र बुधवार दाबी विरोधको कार्यक्रम रहेको थियो । दाबी विरोध नभए सबैजना निर्विरोध निर्वाचित हुने निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा १५ स्थानीय तहमा एमालेको एकल बहुमत जुटेको छ । जिल्ला समन्वय समिति ९ सदस्यीय हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण