रोल्पाको होस्टलमा किशोरी मृत फेला
बुधबार, ०८ असार २०७९, ०७ : ३५
सरकारी निकायले आयोजना गरेको ब्युटीपार्लर तालिममा सहभागी रोल्पाकी एक किशोरी होस्टलमा मृत फेला परेकी छिन् ।
जिल्लाको रुन्टिगढी गाउँपालिका- ५ छिन्नेटाकी १७ वर्षीय कृष्णी बिक मृत फेला परेकी हुन । सदरमुकाम लिवाङ्ग स्थित घरेलु तथा साना उधोग कार्यालयले आयोजना गरेको ब्युटिपार्लर तालिममा गएकी उनी होस्टलमा सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
रोल्पाका प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेका अनुसार होष्टलको कोठामा सर्प फेला परेको र औँलामा सानो घाउ देखिएकोले सर्पले टोकेर उनको मृत्यु भएको हो कि भन्ने आशंका गरिएको छ । तर मेडिकल रिपोर्ट न आए सम्म एकिन भन्न नसकिने उनको भनाइ छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण