शमशेरामा रणवीरले लिए २० करोड, अरुले कति पाए ?
चलचित्र शमशेराको ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म जुलाईमा रिलिज हुँदैछ । यो फिल्मलाई अग्निपथ फेम करण मल्होत्राले निर्देशन गरेका हुन् । यस फिल्ममा रणवीर कपुरका अलावा सञ्जय दत्त, वाणी कपुर, आशुतोष राणा पनि देखिनेछन् । शमशेराको मोसन पोस्टर २०१८ मा रिलिज भएको थियो तर कोरोना महामारीका कारण फिल्म रिलिजमा ढिलाइ भएको थियो । अब चलचित्र २२ जुलाईमा रिलिज हुँदैछ ।
फिल्मले स्वतन्त्रताअघिको भारतलाई चित्रण गरेको छ । यस फिल्मको कथा डकैतमा आधारित छ र यसमा सञ्जय दत्त डरलाग्दो प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । यो बहुप्रतिक्षित फिल्म १५० करोड भारुको ठूलो बजेटमा बनेको छ । योसँगै यो फिल्मको स्टारकास्टको पारिश्रमिक पनि निकै राम्रो छ । जानौं शमशेराको स्टार कास्टले फिल्मको लागि कति पाए।
रणवीर कपुर
शमशेराा ४ वर्षपछि रणवीर कपुरको कमब्याक हुने विश्वास गरिएको छ । मिडिया रिपोर्टका अनुसार रणवीरले यो फिल्मका लागि २० करोड भारु पारिश्रमिक लिएका छन् । यो फिल्मभन्दा पहिले रणवीर राजकुमार रावको २०१८ मा आएको फिल्म सञ्जुमा देखिएका थिए । सञ्जुमा रणवीरले सञ्जय दत्तको भूमिका निभाएका थिए तर शमशेरामा रणवीरको भूमिका विल्कुलै फरक रहेको देखेर फ्यानहरू यो फिल्म हेर्न निकै उत्साहित भएका छन् ।
सञ्जय दत्त
शमशेरा संजय दत्तको यशराज प्रोडक्सनसँगको दोस्रो फिल्म हो। यसअघि सञ्जय सम्राट ‘पृथ्वीराज’ फिल्ममा पनि देखिएका छन् । शमशेरामा सञ्जयले खतरनाक प्रहरी शुद्ध सिंहको भूमिका निर्वाह गरेका छन् । सञ्जयले फिल्मका लागि ८ करोड भारु लिएका छन् ।
वाणी कपूर
वाणी कपूर पछिल्लो पटक आयुष्मान खुरानासँग फिल्म ‘चंडीगढ करे आशिकी’ मा देखिएकी थिइन् । शमशेरामा वाणी पनि महत्वपूर्ण भूमिकामा देखिएका छन् । यो २०१९ को फिल्म वार पछि वाणीको दोस्रो ठूलो फिल्म हो । वाणीले फिल्मका लागि ५ करोड पारिश्रमिक लिएका छन् ।
रोनित राई
रोनितलाई शमशेरामा सरप्राइज प्याकेज मानिएको छ । फिल्ममा रोनितले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । रोनितले यो फिल्मका लागि ४ करोड भारु लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
-
टीकापुर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल
-
स्थानीय सरकारका बजेट : बाली हेरालुदेखि विवाह र सन्तान भत्तासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण