लोसपा नेपाल र लोक दलबीच एकता घोषणा (तस्बिरहरु)
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र लोक दलबीच एकता भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रही मधेस तथा समग्र देश र जनताको अधिकार प्राप्तिको संघर्षलाई अझ उचाइमा पुर्याउन दुई पार्टीहरूबीच एकता घोषणा गरिएको दुवै दलले घोषणा गरेका छन् ।
आइतबार लोसपा नेपालको काठमाडौंस्थित कार्यालयमा एकता घोषणा गरिएको हो । एकताले एकीकरणले समग्र देशभित्र रहेका उपेक्षित, पिडित, पिछडा वर्ग लगायत सम्पूर्ण मधेसी तथा अधिकारबाट बञ्चित नागरिकहरुको आवाजलाई अझ बढी मुखरित गर्ने दुवै दलले दावी गरेका छन् । उनीहरुबीच भएको चार बुँदे सहमतिमा लोक दलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको नाम, झण्डा र छाप स्वीकार गर्ने, लोक दलबाट आएका नेता तथा कार्यकर्ताहरूलाई सहमति अनुसारको स्थान र सम्मान लोसपा नेपालमा प्रदान गर्ने उल्लेख छ ।
त्यस्तै जिल्लादेखि केन्द्रसम्मका लोक दलका सबै संगठनहरुलाई लोसपा नेपालमा समायोजन गर्ने र लोक दलबाट आएका नेता तथा कार्यकर्ताहरूलाई आउने संघ र प्रदेशको निर्वाचनमा लोसपा नेपालको प्रत्यक्ष एवं समानुपातिक उम्मेदवारीमा समुचित स्थान दिइने उल्लेख छ । सहमति पत्रमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र लोक दलका तर्फबाट अध्यक्ष कौशल कुमार सिंहले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपाले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्ने
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पेशी
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची
-
सुदूरपश्चिम सरकारलाई ‘बजेट कानुन’ घाँडो, अधिवेशन अन्योलमा
-
कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?