झापा र मोरङमा बाढी, ५ सय जना विस्थापित
बुधबार, १५ असार २०७९, ०९ : ०७
अविरल वर्षासँगै आएको बाढीका कारण मोरङ र झापामा ठुलो बस्ती डुबानमा परेको छ । बाढीका कारण झापा र मोरङमा करिब ५ सय जना विस्थापित भएका प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले रातोपाटीलाई बताए ।
झापाको रतुवा खोला आसपासका बस्ती डुबानमा परेका छन् । मोरङको सिंघिया खोला र केसलिया खोलामा आएको बाढीका कारण धेरै मानिस विस्थापित भएका हुन् ।
मंगलबार मोरङको गछिया खोलामा आएको बाढीले बगाएर सुन्दर हरैंचा–६ घर भएका ५८ वर्षीय रामबहादुर बिकको मृत्यु भएको थियो ।
प्रदेश–१ मा धनकुटा, सुनसरी, मोरङ र उदयपुरमा पहिरोका कारण सड्क अवरुद्ध भएको छ । भित्रि सडकहरू अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको एसपी राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण