इलाममा सवारी दुर्घटना हुँदा चालकसहित १३ जना घाइते
इलाममा सवारी दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका छन् । दुर्घटना शुक्रबार दिउँसो इलाम नगरपालिका १ मिलगोमा भएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे.१ ज. ३३२९ नं. को बोलेरो गाडी आफै अनियन्त्रीत भई रोडबाट करिब ५०० मि. तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
घाइते हुनेमा ताप्लेजुङ पाथिभरा याङ्बरक गाउँपालिका ५ बस्ने २१ वर्षीय मनिषा तामाङ, वडा ६ का २४ वर्षीय लोकेन्द्र सिलवाल, फुङलिङ नगरपालिका ६ बस्ने ३० वर्षीय निमा खतिवडा रहेका छन् । यस्तै झापाको मेचिनगर नगरपालिका ९ बस्ने २२ वर्षीय दिवान राई, १० महिनाकी रियन्सा राई, २२ वर्षीय मञ्जली राई, भद्रपुर नगरपालिका ३ बस्ने ५३ वर्षीय इन्द्र ब. कार्की ,५६ वर्षीय जित ब.थेबे, पाँचथरको फालेलुङ गाउँपालिका १ बस्ने ३२ वर्षीय अप्सरा कोइराला, याङबरक गाउँपालिका ५ का ५१ वर्षीय प्रेम तामाङ, ६ बस्ने २३ वर्षीय दिपेन्द्र कोइराला, भोजपुरको श्यामसिला गाउँपालिका १ बस्ने २७ वर्षीय सुरेन राई, इलामको इलाम नगरपालिका २ का २४ वर्षीय चालक चुडामणि घिमिरे रहेका छन् ।
घाइतेहरुको जिल्ला अस्पताल इलाममा सामान्य उपचार गरी सघन उपचारको लागि झापा पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण