हब को-अपरेटिभको आपत्ति
शनिबार, १८ असार २०७९, १० : २५
बालुवाटार स्थित हब को-अपरेटिभले संस्थाविरुद्ध विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संस्थाले शनिबार एक विज्ञप्ति जारी गर्दै वित्तीय कारोबार सुरु गरेको करिब एक वर्षको अवधिमा हालसम्म शेयर र निक्षेप गरी १२ करोड ननाघेकोमा केहि सञ्चार माध्यमले हब सहकारीले ५० करोड निक्षेप अन्तर सहकारी कारोबार गरी सङ्कलन गरेको, सदस्यहरूको बचत रकम जोखिममा रहेको जस्ता भ्रामक समाचार प्रकाशित गरेकोमा आपत्ति जनाएको हो ।
संस्था सहकारी ऐन अनुसार नै संस्था अघि बढेको भन्दै कारोबार गरिरहेका कुनै पनि सदस्यहरूको निक्षेप जोखिममा नरहेको बताएको छ ।
साथै संस्थाले विद्युतीय प्रणाली मार्फत आफ्ना सदस्यले नेपाल भरको कुनै सहकारी संस्थाबाट आफ्नो खातामा रकम जम्मा गर्न र झिक्न सक्ने गरी अन्तर सहकारी कारोबारको व्यवस्था मिलाएको पनि जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण