निरन्तर वर्षाका कारण गाईघाटका पसल डुबानमा
गए राति परेको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको सदरमुकामस्थित गाईघाट बजार क्षेत्रका सयौँ घर पसल डुबानमा परेका छन् ।
निरन्तर वर्षाका कारण बजार क्षेत्र र घर डुबानमा परेपछि त्यहाँका पसलमा बिक्रीका लागि राखिएका विभिन्न उपभोग्य बस्तु सबै नष्ट भएर पचासौँ लाखभन्दा बढीको सामान क्षति भएको स्थानीय व्यापारीले बताएका छन् ।
गाईघाट बजार असारी लाइन क्षेत्रका एक पसल सञ्चालक तीलक खड्काका अनुसार शुक्रबार साँझदेखि परेको भीषण वर्षाको कारण गए राति आफूहरुको टोलसहित पसल र घर डुबानमा परेको र आफ्नो पसल डुब्दा दशौँ लाखको उपभोग्य बस्तु नष्ट भएको छ ।मुख्य गरेर गाईघाट बजार क्षेत्रको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभाटोल र मुख्य बजार क्षेत्रको पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र सङ्गमटोलका अधिकांश घर र पसल डुबानमा पर्दा पसलमा राखिएका अधिकांश उपभोग्य बस्तु नष्ट हुन पुगेको अर्का पसल सञ्चालक दीपक कार्कीले बताए ।
अन्य स्थानीयवासीको पनि घरभित्र पानी प्रवेश गर्दा घरका अधिकांश सामग्री पानीले बिगारेको उनीहरुको गुनासो थियो । त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश विकले शुक्रबार बेलुकीदेखि आएको निरन्तर भीषण वर्षाका कारण बजार क्षेत्रका घर र पसलभित्र पानी प्रवेश गरेर डुबानमा परेकाले धेरै पसलका सामग्री नष्ट हुन पुगेको र आफूले बिहानैदेखि अनुगमन र स्थलगत अध्ययन सुरु गरेको जानकारी दिए ।
क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको र धेरै क्षति भएका कारण सबै आँकडा सङ्कलन नभएसम्म क्षतिको यथार्थ विवरण आउन ढिलाइ हुने उनको भनाइ थियो । नगरपालिकाका प्रमुख र उपप्रमुख वसन्त बस्नेत र महेस्वरी राईले पनि बजार डुबानमा परेपछि गाईघाट बजारको डुबानको क्षतिको बारेमा आफूहरुले अध्ययन सुरु गरेको उपप्रमुख राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण