‘संसद् भवनमा च्याउ उम्रियो, प्रदेश सरकार डुङडुङ्ती गन्हायो’
प्रदेश १ प्रदेशसभाको आजको बैठकको शून्य समय लिएर बोल्दै प्रदेशसभा सदस्य विन्दिया कार्कीले प्रदेशसभामा पानी परेका कारण छाता ओड्नुपर्ने अवस्था आएको बताएकी छिन् । ‘संसद भवनमा छाता ओड्नुपर्ने र च्याउ उम्रियो,’ कार्कीले भनिन्, ‘यो भवन कस्तो र कसरी बनायौँ भन्ने कुरातिर ध्यानदिनु आवश्यक छ, यसको जवाफ अघिल्लो सरकारले दिनुपर्छ ।’
प्रदेशसभामै बोल्दै सांसद उषाकला राईले प्रदेश सरकार भ्रष्टाचार र कमिसनले गन्हाउन थालेको आरोप लगाइन् । ‘प्रदेश सरकार बाहिर, यत्रतत्र, मिडियामा चारैतर्फ डुङडुङ्ती गनाउन थालेको आभास भइरहेको छ । पैसामा ध्यान गएपछि सबैकुरा बिग्रन्छ भन्छन् । सरकारका मन्त्रीहरुको ध्यान पैसामै गएर बिग्रदै गएको त होइन ? विचौलियाको त सँधै विगबिगी नै हुने भयो,’ उनले भनिन्, ‘कमिसन र भ्रष्टाचार देखादेखि हुन थाल्यो सरकारलाई लाजसरम छ कि छैन ? !’
उनले सरकारी पैसा पाँचथर र सोलुका निजी अस्पताललाई करोड करोड विनियोजन भएको भन्दै आपत्ती पनि जनाइन् । उनले अघिल्लो सरकारले विशेषज्ञ डाक्टरहरु पहाडी र हिमाली भेगमा जान नचाहने भएकोले हिमाली भेगका लागि ३ सय प्रतिशत, पहाडका लागि २ सय प्रतिशत र तराई क्षेत्रका लागि २ सय प्रतिशतले तलब भत्ता बढाउने निर्णय कार्यान्वयन गर्न माग गरिन् । ‘त्यो फायल क्याबिनेटमा गएर अल्झिएको मैले बुझेको छु । त्यो विषय तत्काल कार्यान्वयन गर्नुपर्यो,’ उनले भनिन् ।
प्रदेश सांसद कुलप्रसाद साम्बाले विषयगत समितिहरुमध्ये लेखा समिति प्रतिपक्षी दलको हुनुपर्ने बताउँदै अहिले सत्तापक्षकै रहेको भन्दै सच्याउनुपर्ने बताए । ‘संसदीय प्रणालीमा लेखा समिति कसको हुन्छ ? हामी सही ठाउँमा छौं कि छैनौं ? यो प्रदेशसभाको पहिलो कार्यकाल हो यसको इतिहास रहन्छ । हामी नै सिस्टममा छैनौं भने पछिल्लो पुस्ताले के सिक्ने ?,’ उनले भने ।
प्रदेश सांसद बसन्त बानियाँले प्रदेशको नामाकरण गर्न नसकको भन्दै नामाकरण गर्नुपर्नेमा जोड दिए । ‘५ वर्षमा नामाकरण गर्न नसकेपछि जनताले प्रदेशले काम गर्छ भनेर कसरी विश्वास गर्ने ?, यो अधिवेशन अन्त्यतिर छौं । यही अधिवेशनबाट प्रदेशको नामाकरण गरियोस् भन्न चाहन्छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण