बर्षाको वितण्डा : गाईघाट बजारका दर्जनौं घर र पसल डुबे
भिषण वर्षाका कारण उदयपुर सदरमुकामस्थित गाईघाट बजारका दर्जनौँ घर र पसल डुबानमा परेका छन् । घर र पसल डुब्दा विभिन्न उपभोग्य सामान भिजेर नष्ट भएका छन् । गाईघाट बजारको असारी लाइन क्षेत्रका पसल सञ्चालक तीलक खड्काका अनुसार शुक्रबार साँझदेखि परेको भिषण वर्षाले पसल र घर डुबेका हुन् । पसल डुब्दा २० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।
गाईघाट बजारको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभा टोल र पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र सङ्गमटोलका अधिकांश घर र पसल डुबेको एक पसल सञ्चालक दीपक कार्कीले बताए । स्थानीयवासीको घरभित्र पानी प्रवेश गर्दा घरका अधिकांश सामग्री नष्ट भएको छ । त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश विकले शुक्रबार बेलुकीदेखि आएको अविरल वर्षाका कारण बजार क्षेत्रका घर र पसल डुब्दा एक करोडभन्दा बढीको क्षति हुन पुगेको बताए । आफूले बिहानैदेखि अनुगमन गरेको उनले जानकारी दिए ।
क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको उनको भनाइ थियो । नगरपालिकाका प्रमुख र उपप्रमुख वसन्त बस्नेत र महेश्वरी राईले बजार डुबानमा परेपछि गाईघाट बजारको क्षतिको बारेमा अध्ययन गरिरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण