युएईका राजकुमारले झापामा १० अर्ब लगानी गर्ने
बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको पहलमा युएईका राजकुमारले झापाको जलथल जङ्गल, किच्कबध र कचनकवलको हाेचाे भूभाग र हल्दिबारीकाे भेलागडी सिमसारमा पर्यटन विकासको लागि लगानी गर्ने भएका छन् । केही समय अगाडि दुबईका अधिराजकुमार जुमा अल मकतुमले झापा लगायत नेपालका विभिन्न ठाउँको अवलोकन भ्रमण गरी स्वदेश फर्किए लगतै युएई दूतावासको टोली आज झापा आइपुगेको छ ।
उक्त टोलीले झापा क्षेत्र नम्बर ३ को किच्कबध ,कचनकवल र जलथल जङ्गल साथै भेलागडी सिमसारको अनुगमन गर्ने कार्यतालिका नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेका कार्यकारी निर्देशक प्रसाईले जानकारी दिए । ५ वर्षभित्रमा १० अर्ब लगानी गर्ने गरी काम गर्ने गरी काम अगाडि बढेको प्रसाईले बताए । जलथल जङ्गललाई खुल्ला चिडियाखानाको रूपमा विकास गरी पर्यटन हबको विकास गर्ने गरी काम गर्ने गरी गुरुयोजना तयार गर्ने काम सुरु भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण