विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गर्दै सामाजिक सुरक्षा कोष
सामाजिक सुरक्षा कोष (एसएसएफ) ले आफ्नो सेवा सुविधालाई थप प्रविधिमैत्री बनाउने भएको छ । कोषले योगदानमा आधारित सुरक्षा सुविधा योजनाहरुको दाबी भुक्तानी र स्वास्थ्य सेवालाई थप डिजिटल प्रविधिमा रुपान्तरण गर्नेगरी स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गर्ने भएको हो ।
कोषले हाल उपलब्ध स्वास्थ्य सुविधालाई थप डिजिटल्ली र प्रविधिमैत्री बनाउँदै योगदानदाताको कार्ड शो अर्थात् हस्पिटलमा कार्ड देखाए नै तोकिएको स्वास्थ्य उपचार गराउन पाउने व्यवस्था गर्न लागेको हो । यस्तो सुविधा अब योगदान दाताले तोकिएको हस्पिटलबाट सामान्य उपचारमा एक लाखदेखि ७ लाखसम्म उपचार सुविधा पाउने छन् । यसका लागि कुनै झन्झट बिना योगदानदाताले कार्ड देखाएर नै पाउने छन् ।
हाल कोषले देशका विभिन्न स्थानमा गरी २५ वटा अस्पतालहरुमा सो सुविधाका लागि सम्झौता गरिसकेको र थप एक सय हस्पिटलहरूमा सो सम्झौता हुने क्रममा रहेको जनाएको छ ।
स्वचालित विद्युतीय प्रणालीमा स्वास्थ्य सेवा प्रवाह नामका वृहत कार्यक्रमको भोलि सोमबार भव्य रुपमा कोषले शुभारम्भ गर्दैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हुने कार्यक्रमको उद्घाटन पनि विभागिय मन्त्रीले नै गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण