नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ – मुख्य प्रशिक्षक केसी
भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिपका लागि यति बेला युवा टोली बन्द प्रशिक्षणमा छ । मुख्य प्रशिक्षक मेघराज केसीले खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरी भारतमा आयोजना हुने प्रतियोगिताका लागि बिहान र बेलुका प्रशिक्षण गराइरहेका छन् । कडा मिहिनेत गरिरहेको युवा टोलीले साफमा इतिहास रच्ने रणनीतिका साथ तयारीलाई तीब्रता दिइरहेको हो ।
देशभरबाट खुला प्रतिष्पर्धा गराई अखिल नेपाल फुटबल संघले यु–२० टोलीको निमार्ण गरेको छ । कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो । सोही छनोटबाट अहिले ३० खेलाडीले दिनहुँ अभ्यास गरिरहेका छन् । ललितपुरस्थित एन्फा कम्प्लेक्समा उनीहरुले राम्रो नतिजाको खोजीमा अभ्यासलाई तीब्रता दिइरहेका हुन् र मुख्य लक्ष्य साफ यु–२० प्रतियोगितामा राम्रो गर्ने रहेको छ ।
खेलाडी छनोटदेखि प्रारम्भिक टोली निमार्णका लागि मिहिनेत गरेका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीको अभ्यासबाट आफू सन्तुष्ट रहेको र राम्रो नतिजा ल्याउनमा आशावादी भएको बताए ।
प्रशिक्षक केसीले खुला प्रतिस्पर्धाबाट ७ सय खेलाडीबाट ४१ खेलाडी छनोट गरेका थिए । अघिल्लो साता मात्र ११ खेलाडीलाई बिदाई दिएका केसीले अहिले ३० खेलाडीलाई प्रशिक्षण गराइरहेका छन् । टोलीले बिहान र बेलुका गरी दुई सेसनमा प्रशिक्षण गरिरहेका छन् । कडा मिहिनेत गरिरहेको युवा टोलीले साफमा इतिहास रच्ने रणनीतिका साथ तयारीलाई तीब्रता दिइरहेको हो ।
जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन् । च्याम्पियनसिपका लागि यसअघि तालिका पनि सार्वजनिक भइसकेको छ । उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कलिङ्ग स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।
नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग जुलाई २७ मा खेल्ने तालिका छ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिष्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीसँगै विवाद गरेपछि फन्दामा परे नक्कली एसपी
-
कोशी सरकारको मन्त्रिपरिषद् बैठक : दुई प्रस्ताव समितिमा पठाउने निर्णय
-
नीतिगत थ्रेसहोल्डको हुर्मतः ठुला योजना छायामा, एकलाखेको बिगबिगी
-
मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक
-
नेपाल र कम्बोडियाबिच अनलाइन ठगी नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण