विल्सेरद्वारा सन्यासको घोषणा
शनिबार, २५ असार २०७९, १० : ३९
प्रिमियर लिग क्लब आर्सनलका पूर्व मिडफिल्डर ज्याक विल्सेरले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
ज्याकले ३० वर्षको उमेरमा फुटबलबाट सन्यास घोषणा गरेका हुन् । इङ्ल्यान्डको पूर्व मिडफिल्डरले १६ वर्षकै उमेरमा सिनियर टोलीमा डेब्यु गरेका थिए ।
विल्सेरले सामाजिक संजालबाट एक विज्ञप्ति निकाल्दै फुटबलबाट सन्यास घोषणा गरेका हुन् । ज्याकले आर्सनलका लागि १ सय ९७ खेल खेलेका थिए ।
सन् २०१८ मा आर्सनल छाडेका उनले क्लबबाट दुई पटक एफए कप जितेका थिए । उनले इङ्ल्यान्डको लागि ३४ खेल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण