महिला युरो : नर्वेको पोष्टमा इंग्ल्याण्डको ८ गोल
मङ्गलबार, २८ असार २०७९, ०८ : ११
नर्वेलाई फराकिलो अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्याण्ड महिला युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति लगातार दोस्रो जित निकाल्ने क्रममा इङ्ग्ल्यान्डले नर्वेलाई ८-० अन्तरले पराजित गर्यो ।
पहिलो हाफमा छ गोल र दोस्रो हाफमा दुई गोल भएको खेलमा बेथ मिडले ह्याट्रिक पूरा गरिन । यस्तै, एलेन ह्वाइटले दुई गोल गर्दा जर्जिया स्टानवे, लोउरेन ह्याम्प र एलेसिया रुस्सोले समान एक गोल गरे ।
महिला युरोमा एकै खेलमा ८–० को फराकिलो जित पहिलोपल्ट सम्भव भएको हो । लगातार दोस्रो जितसँगै इंग्ल्याण्ड समूह ‘ए’ मा दुई खेलबाट ६ अंक जोड्दै नकआउट चरणमा पुगेको छ । पराजित नर्वे ३ अंक जोडेर तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण