गणपुरक नपुगेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
सुदूरपश्चिम प्रदेशसभाको आजलाई तय गरेको बैठक पनि स्थगित भएको छ । सभामा गणपुरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले सभा स्थगित भएको घोषणासमेत गरेका हुन् । प्रदेशसभा बैठक बस्न संसदको एक तिहाई अर्थात १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भए पनि सो संख्या नपुगेकाले बैठक स्थगित गरिएको सभामुख थापाले जानकारी गराए ।
निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरू भएको बैठकलाई प्रतिपक्ष दल एमाले, जसपा र लोसपाले बहिस्कार गरे भने सत्तारूढ दलका प्रदेशसभा सदस्य पनि अनुपस्थित रहे ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता पठानसिंह बोहोराका अनुसार सरकारका अर्थमन्त्री प्रकाश रावलले आज प्रतिपक्ष दलसँग छलफल गर्ने बताएका थिए । जसका कारण आफूहरूले प्रदेशसभा बैठक बहिस्कार गरेको बोहराले बताए ।
नेपाली काँग्रेसले भने सदनमा बजेट कार्यक्रम सच्याउने भन्ने प्रतिबद्धता आए मात्रै बजेट समर्थन गर्ने निर्णय गरेको छ । काँग्रेस सदस्यीय दलका प्रवक्ता डिल्लीराज पन्तले सदनमा बजेट सच्याउने प्रतिबद्धता आए समर्थन गरेर जाने निर्णय भएको बताए । काँग्रेस संसदीय दलको बैठक आज बिहान बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण